एजेन्सी । हालका दिनमा भारतीय अभिनेत्री काजल अग्रवाल होटलमा बिस्कुट बनाउँदै छिन् । उनी तमिल थ्रिलर फिल्म ‘विजय 61’ को शूटिङमा व्यस्त छिन् । शूटिङबाट फ्री हुँदा उनी चक्लेटस् र कुकीज बनाउन अभ्यास गरिरहेकी छन् ।
बलिउडको ठूलो पर्दाबाट काजल टाढा छिन् । उनी सन् २०१६ मा रिलिज भएको फिल्म ‘दो लफ्जों की कहानी’ मा अन्तिम पटक देखिएकी थिइन् । यसअघि काजल सन् २०१३ मा रिलिज भएको फिल्म ‘स्पेशल 26’ को हिस्सा बनेकी थिइन् । काजल सन् २०११ मा व्यवसायिक सफलता कमाएको फिल्म ‘सिंघम’बाट चर्चामा आएकी थिइन् ।
The post अभिनय छाडेर बिस्कुट बनाउँदै काजल ! appeared first on Sajha Post.