Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सलमानले यस चिनिया अभिनेत्रीसँग ‘ट्यूबलाइट’को प्रचारप्रसार गर्ने

$
0
0

मुम्बई । बलिउड सुपरस्टार सलमान खान स्टारर आगामी बहुप्रतिक्षित फिल्म ‘ट्यूबलाइट’ को प्रचारप्रसार सुरु भएको छ । प्रचारका लागि चिनिया अभिनेत्री झू झू चाँडै नै भारत आउने भएकी छन् । झू झू को यो पहिलो भारतीय फिल्म हो । निर्देशक कबीर खानले एक अनलाइन पोर्टललाई भनेका छन् कि झू झू भारत आएर फिल्मको प्रचारमा लाग्नेछिन् ।

कबीर खान निर्देशित फिल्म ‘ट्यूबलाइट’ यसै वर्ष रिलिज हुनेछ । यस फिल्म ‘हिस्टोरिक वार ड्रामा’ मा आधारित छ जसमा सलमानका साथ ओम पुरी पनि देखिनेछन् । अझ यस फिल्ममा शाहरुख खानको समेत केमियो रहेको बताइएको छ ।

The post सलमानले यस चिनिया अभिनेत्रीसँग ‘ट्यूबलाइट’ को प्रचारप्रसार गर्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles