अक्षय कुमार आज बलिउडमा खानहरुलाई टक्कर दिने अभिनेताका रुपमा परिचीत छन् । तर, एक समय यस्तो पनि थियो जब उनी फिल्म खेल्नका लागि यताउता भौतारिरहेका थिए ।
उनका आफ्नै ससुराले पनि उनलाई एक्टीङको लायक सम्झेका थिएनन् । राजेश खन्नाले बनाउन लागेको फिल्म ‘जय शिव शंकर’ को अडिसन चलिरहेको थियो । यसका लागि अक्षय कुमारले पनि आफ्नो सहभागिता जनाउने निर्णय गरे ।
राजेशसँग समय नभएका कारण अक्षय कुमारसँग भेट हुन पाएन । तर, अक्षय कुमारले हार मानेनन् । उनले बिहान, बेलुका, साझँ हरबखत अफिसको चक्कर काट्न थाले । तर, राजेश मिल्न मानेनन् ।
रिलिज पश्चात उक्त फिल्मले खासै राम्रो फिडब्याक पाएको थिएन । तर, समय यस्तो पनि आयो कि भेट्नै नचाहेको मानिसलाई राजेशले आखिर छोरी दिए ।
निर्माताहरु पनि अक्षय कुमारलाई फिल्ममा लिएपछि कमाइ उठ्ने कुरामा ढुक्क भएको महसुस गर्छन् । एकवर्षमा अक्षयले ४ वटा फिल्महरु गर्ने गर्छन् जसका कारण पनि उनले अरु अभिनेताहरुलाई चुनौती दिदै आइरहेका छन् ।
The post अक्षय कुमारबारे यस्तो सोच्थे राजेश खन्ना appeared first on Sajha Post.