Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

किन इंदिरा गान्धी बन्न चाहन्छिन् तापसी ?

$
0
0

मुम्बई । भारतीय अभिनेत्री तापसी पन्नु अहिले फिल्म ‘नाम शबाना’ लाई लिएर चर्चामा छिन् । तापसी फिल्मको प्रचारप्रसारमा व्यस्त छिन् । उनले एक प्रसंगमा आफू भविष्यमा पूर्व भारतीय प्रधानमन्त्री इंदिरा गान्धीको भूमिका निभाउन चाहेको बताएकी छन् ।

तापसीले भनेकी छन् कि म पर्दामा इंदिरा गान्धी बन्न चाहन्छु र को चाहँदैन र उनको भूमिका निभाउन । मलाई लाग्छ कि इंदिरा गान्धीको जीवन कहानी समेट्नलाई एक होइन, धेरै नै सीरिज बनाउनु पर्नेछ । इंदिरा गान्धीको जीवनमा प्रत्येक घटनाहरु राम्रोसँग बुझ्न/बुझाउन एउटा फिल्ममा सकिँदैन । उनको जीवनमा आधारित रहेर जसले फिल्म लेख्छ, उसले निकै नै मुश्किल भोग्नुपर्छ । किनकी धेरै जानकारीलाई एकसाथ मिलाएर कहानी लेख्नलाई पक्कै पनि सजिलो भने हुने छैन ।

फिल्म ‘नाम शबाना’ मा उनी एक महिला जासुसको भूमिका निभाइरहेकी तापसी भन्छिन्, ‘यदि मलाई वास्तविक जीवनामा कसैले जासुसी गर्न दिएमा र मैले विगतको बारेमा जासुसी गर्न पाउथेँ भने म आफ्नो देशकी पूर्व प्रधानमन्त्री इंदिरा गान्धीको जासुसी गर्थेँ ।’ इंदिरा गान्धीको जीवनमा यति धेरै उतारचढाव आएको थियो कि म उनको बारेमा सबै जान्न चाहन्छु ।

The post किन इंदिरा गान्धी बन्न चाहन्छिन् तापसी ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles