मुम्बई, १ चैत । बलिउडका चर्चित अभिनेता आमिर खानले राजनीतिमा लाग्नेबारे बजार हल्लाबारे मुख खोलेका छन् ।
आफ्नो ५२औं जन्मदिनको अवसरमा उनले राजनीति आफ्नो लागि नभएको बताएका हुन् । आफ्नो जन्मदिनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले भने, ‘राजनीति मेरो लागि होइन ।’
नेपालमा जस्तै भारतमा पनि विभिन्न लोकप्रिय कलाकारहरुले राजनीतिमा आफूलाई परीक्षण गरिसकेका छन् । अमिताभ बच्चनदेखि गोविन्दासम्म हिँडेको उक्त बाटोबाट आफूलाई टाढा राख्दै अमिरले आफू चलचित्र क्षेत्रमा बढी खुसी रहेको स्पष्ट पारे ।
अहिले उनी आफ्नो नयाँ फिल्म ‘ठग्स अफ हिन्दोस्तान’सँग एकदमै आशावादी छन् । किनकी उक्त फिल्ममा उनले आफ्नो आदर्श मेगास्टार अमिताभ बच्चनसँग काम गर्ने मौका पाएका छन् । यो पहिलो पटक हो, जहाँ यी दुवै कलाकार एकैसाथ देखिनेछन् ।
अमिताभसँग काम गर्ने अवसर मिलेपछि आमिर भने, ‘अमिताभसँग काम गर्न पाउँदा मलाई एकदम खुसी लागिरहेको छ । उनीबाट धेरै कुरा सिक्न पाउनेछु ।’
यशराज फिल्म्सको ब्यानरमा बनिरहेको उक्त फिल्ममा अभिनय गर्ने नायिकाको बारेमा भने कुनै कुरा बाहिर आएको छैन ।
The post ५२औं जन्मदिनमा आमिर खानले दिए राजनीतिमा लाग्ने हल्लाबारे यस्तो स्पष्टीकरण appeared first on Sajha Post.