काठमाडौं, १ चैत । नायक निखिल उप्रेतीको एक्सनले भरिपूर्ण नेपाली चलचित्र ‘राधे’को ट्रेलर रिलिज भएको छ । जगदिश्वर थापाको लेखन तथा निर्देशन तथा सुशिल पोख्रेलको निर्माणमा तयार चलचित्रको ट्रेलरमा उप्रेतीको ‘राधे’ अवतारका केही झलकहरु देखाइएको छ ।
वैशाख १ गतेबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्रमा नायिका प्रियंका कार्की र निखिलबीचको रोमान्स रहेका दृश्यहरु समेटिएका छन् । चलचित्रमा अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरी लगायतका कलाकारको समेत मुख्य भूमिका छ ।
कृष्ण श्रेष्ठको छायांकन रहेको ‘राधे’का सम्पादक गौतम राज खड्का हुन् । यस्तो छ ट्रेलर-
The post यस्तो छ निखिल उप्रेतीको ‘राधे’ अवतार (ट्रेलर भिडियो) appeared first on Sajha Post.