एजेन्सी । के कोही मानिस आफ्नो रुचिको कारण आफ्नो बच्चा छोड्न सक्ला ? आफ्नो घर तोड्न सक्ला ? तर बेलाबेलामा विवादमा तानिरहने पाकिस्तानी अभिनेत्री वीना मलिकल फिल्ममा काम गर्ने आफ्नो रुचि पुरा गर्न श्रीमानसँग डिभोर्स गरेकी छन् ।
पाकिस्तानी मीडियालाई मान्ने हो भने वीना मलिककी वकिल अली अहमदले यस कुराको पुष्टि गरेका हुन् । उनले बताएअनुसार वीनाले आफ्नी पतिसँग सम्बन्धविच्छेद गरेकी हुन् ।
अभिनेत्री वीना मलिकले पति असद खत्तकसँग सम्बन्धविच्छेद गरेकी हुन् । इस्लामी कानुनअनुसार मुस्लिम महिला जब सम्बन्धविच्छेद गर्न चाहन्छिन् तब उनीहरु आवेदन भर्नुपर्ने हुन्छ । इस्लाममा सम्बन्धविच्छेदलाई खुला भन्ने गरिन्छ । वीना र असदको विवाह सन् २०१३ मा भएको थियो । उनीहरुका दुई बच्चा समेत छन् ।
मीडिया रिपोर्टका अनुसार वीना फिल्ममा पुनरागमन गर्न चाहन्थिन् तर उनको परिवार उनीविरुद्ध लागे । यानिकी उनकी पतिसमेत वीनाको कुरा सुनेनन् । वीनाले ‘बिग बोस सिजन ४’ मा समेत सहभागिता जनाइसकेकी छन् । त्यसपछि उनी लगातार विवाद र चर्चामा आइरहेकी छन् ।
The post फिल्मी चाहना पुरा गर्न यस अभिनेत्रीले गरिन् पतिसँग सम्बन्धविच्छेद ! appeared first on Sajha Post.