मुम्बई । भारतीय अभिनेता रणबीर कपूरले जेल सजाय भोग्ने भएका छन् । रणबीरका फ्यानहरु यो समाचार सुन्दा नराम्रो लाग्न सक्छ । उनले सात दिन मात्र सात दिन भोपालको जेलमा बस्नुपर्नेछ । तर उनी जेल वास्तविक जीवनमा नभई संजय दत्तको बायोपिक फिल्मका लागि जेल जानुपर्ने भएको हो ।
रणबीरले यस फिल्मका लागि निकै नै मेहनत गरेको बताइएको छ । संजय दत्तको पुरानो दिनमा हुने गरेका हेयर स्टाइलमा रणबीरलाई अहिले देख्न सकिन्छ । उक्त बायोपिक फिल्ममा रणबीरको मुख्य भूमिका रहनेछ । राजकुमार हिरानीको निर्देशनमा बनिरहेको फिल्मका लागि रणबीर भोपाल पुगिसकेका छन् । जहाँ उनले सात दिन जेल सजाय काट्दैछन् । मार्च ६ देखि करीब एक हप्ता निर्देशक हिरानी, अनुष्का शर्मा, परेश रावल र फिल्म यूनिट भोपालमा रहनेछ ।
सन् १९९३ मा संजयलाई गैरकानुनी हतियार राखेको आरोपमा गिरफ्तार गरिएको थियो । उनलाई एके – ५६ राइफल जस्तो खतरानाक हतियार राखेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।
The post रणबीर कपूरले सात दिन जेल सजाय भोग्नुपर्ने ! appeared first on Sajha Post.