मुम्बई । भारतीय कमेडियन कपिल शर्मा बेलाबेलामा चर्चामा आइरहेका हुन्छन् । ‘कफी विथ करण’ मा कपिल शर्माले आफ्नो पोल आफैँले खोलेका छन् । कमेडिद्वारा दर्शकलाई हसाउँदै आएका कपिलले यसपटक भने आफ्नो जीवनसँग जोडिएको केही रहस्यहरु बाहिर ल्याएर हसाएका छन् ।
कपिलले बताएअनुसार उनी एकपटक शाहरुख खानको पार्टीमा निमन्त्रणाबिनै पुगेका थिए र त्यसपछि ज भयो त्यो कपिलले समेत अनुमान गरेका थिएनन् । कपिलले भने, ‘शाहरुखको घरमा त्यसबेला फिल्म दिलवालेको पार्टी चलिरहेको थियो । मेरो एउटा भतिजो लंडनबाट आएको थियो । उसले शाहरुखको घर हेर्न एकदमै मन गरेको थियो । हामी शाहरुखको घरमा पुग्दा गेट खुल्लै थियो । मैले गाडी भित्रै लगे । गेटमा मेरो गाडीको ड्राइभरलाई सोधे को हो ? उसले भन्यो- कपिल शर्मा । र, हामीलाई भित्र जान दिइयो ।’
‘भित्र छिरेपछि मलाई लाग्यो कि हामी यहाँ आउनु ठीक होइन,’ कपिलले भने, ‘मैले सोचे अब गाडी फर्काउँछु । तर गौरी भाउजुले देख्नुभयो ।’
कपिललाई गौरीले देखेपछि भनिन्, ‘आउनुस् कपिल ।’ ‘सायद उनलाई थाहा थिएन होला म बिना निमन्त्रणा त्यहाँ पुगेको थिएँ,’ कपिलले भने ‘त्यसपछि म भित्र जानुपर्यो ।’
‘हामी विल्कुल नराम्रो अवस्थामा थियौं किनकी हामीले चप्पल लगाएका थियौं, भित्र पुगेर शाहरुखलाई भेटेपछि उनले हामीलाई यस्तो बनाएनन् कि हामी निमन्त्रणा बिनाका पाहुना हौं,’ कपिलले अनुभव सुनाए ।
त्यसपछि शाहरुखको घरमा कपिल करीब दुई घण्टा बसे । जाने बेला शाहरुखका सपरिवार नै उनलाई छोड्न गेटसम्म आएको कपिलले बताए । ‘मैले शाहरुखलाई बारम्बार भनिरहे कि म निमन्त्रण बिनै आइपुगेको हो तर उनले चुप लागेर बस्न आग्रह गर्दै भने- त्यो कुरा यहाँ कसैलाई पनि थाहा छैन,’ पुराना कुरा स्मरण गर्दै कपिलले भने ।
The post जब शाहरुखको पार्टीमा निमन्त्रणाबिनै पुगे कपिल शर्मा, गौरीले गरिन् यस्तो व्यवहार… appeared first on Sajha Post.