Image may be NSFW.
Clik here to view.
काठमाडौं, २३ फागुन । आर्थिक लेनदेन विवादका कारण पटक पटक प्रसारण रोकिँदै आएको मिडिया हबद्वारा प्रसारित हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मंगलबारदेखि ताजा भाग लिएर आउने भएको छ ।
भुईंचालोपछि नियमित प्रसारण रोकिएको ‘मेरी बास्सै’ पछि नेपाल टेलिभिजन र प्रसारक संस्था मिडिया हबबीचको आर्थिक लेनदेनका कारण रोकिएको थियो । कहिले मेरी बास्सै र मिडिया हबबीचको विवाद त कहिले नेपाल टेलिभिजन र मिडिया हबबीचको विवादको कारण मेरी बास्सै लगायत अन्य हाँस्य टेलिश्रृंखलाको प्रसारण समेत रोकिएको हो ।
पछिल्लो समय भूकम्पपीडितका लागि आवास क्षेत्र बनाएर प्रशंसा बटुल्दै चर्चामा रहन पुगेका मेरी बास्सैका निर्देशक सीताराम कट्टेल ‘धुर्मुस’का अनुसार नयाँ सम्झौतापछि ‘मेरी बास्सै’ ताजा श्रृंखलाका लागि आइतबार सुटिङ्गमा गइसकेको छ ।
यसअघि धुर्मुस-सुन्तलीको निर्माण र निर्देशन रहेको लघुफिल्म ‘लोटेचर्पी’ मेरी बास्सैको समयमा प्रसारण गरिँदै आएको थियो । एकीकृत बस्ती निर्माणका लागि महोत्तरीको मुसहर समुदायमा रहेका धुर्मुस भने मेरी बास्सैको सुटिंगमा उपस्थित भएका छैनन् ।
धुर्मुसको अनुपस्थितिमा अहिले कुन्जना घिमिरे सुन्तलीले निर्देशनको काम सम्हालिरहेकी छन् । सुन्तलीलाई मेरी बास्सैमा ‘बागे बा’को नामबाट चिनिएका दीपक आचार्यले कथादेखि निर्देशनको कार्यसम्म सघाइरहेका छन् ।
आउँदो साताको ताजा एपिसोडमा निर्वाचनबारेको सामग्री समेटिएको बताइएको धुर्मुसले जानकारी दिए । बस्ती निर्माणको काम सकिएपछि धुर्मुस नयाँ भूमिकामा देखिने तयारीमा रहेको बताइएको छ । उनी अब तराई मूलको चरित्रमा देखिन लागेका हुन् ।
मिडिया हबसँग मौखिक सहमति भएपछि मेरी बास्सै पुनः प्रसारणमा आउन लागेको मेरी बास्सै टिममा एक कलाकारले जानकारी दिए । धुर्मुस काठमाडौं फर्किएपछि मात्र अनितम चरणको समझौता हुने बताइएको छ ।
The post आउने भो ‘मेरी बास्सै’, निर्वाचनको विषयमा ताजा श्रृंखला मंगलबार appeared first on Sajha Post.