Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यी ८ चर्चित सेलिब्रेटी: कोही नुहाउँदैनन्, कोही दाँत ब्रश गर्दैनन्

$
0
0

एजेन्सी । हलिउडमा कैयन यस्ता सेलिब्रेटी छन्, जो एक न एक खराब बानीको सिकार बनेका छन् । यसमध्ये कोही हप्तौंसम्म नुहाउँदैनन् भने कसैलाई दाँत ब्रश गर्न मन पर्दैन । कोही भने आफ्नो टाउको नुहाउन मान्दैनन् ।

आउनुस् आज हामी यसतै ७ सेलिब्रेटीसँग भेटाउँदैछौं, जसको एउटा न एउटा खराब आदत छ ।

ब्रिट्नी स्पियर्स

ब्रिटनीलाई फोहोर र भद्रगोलमा रहने बानी परेको छ । उनको बेडरुमको फर्शमा कपडाको चाङ नै लागेको हुन्छ । यसकासाथै उनी हतपति आफ्नो दाँत पनि ब्रश गर्दैनन् । जसकाकारण उनको मुखबाट निकै नै गन्ध आउने गर्छ । यतिमात्रै कहाँ हो र उनी नुहाउन पनि निकै हिच्किचाउँछन् ।

britney-spears

लियोनार्दो डिकाप्रियो

टाइटाटानिक फिल्मका लियोनार्दो डिकाप्रियोलाई नुहाउन मन पर्दैन । उनी हप्तौंसम्म पनि ननुहाइ बस्ने गर्छन् ।

जेसिका सिम्पसन

jessica-simpson

जेजिका सिम्पसनको दाँत ब्रश गर्ने बानी छैन । दाँतको बाहिरी भागलाई कपडाले घोटेर फोहोर देखिनबाट बचाउँछिन् र माउथफ्रेस्नर प्रयोग गरेर काम चलाउँछिन् । उनको यस्तो खराब बानीका कारण उनीसँग काम गर्नेहरु वाक्कदिक्क हुन्छन् ।

एण्डर्सन कूपर

anderson-cooper

एण्डर्सन कूपरको जिन्स धुने बानी छैन । उनी एउटै जिन्स महिनौंसम्म पनि नधोइकन लगाउँछन् ।

जोनी डेप

johnny-depp

जोनी डेप हतपती कपडा चेन्ज गर्दैनन् । उनी हप्तौंसम्म पनि एउटै कपडा लगाएर सार्वजनिक कार्यक्रममा पुग्छन् ।

क्यामरन डियाज

cameron-diaz

क्यामरन डियाजको पर्फ्यूँ प्रयोग गर्ने बानी छैन । सोही कारण उनको शरीरबाट प्राय गन्ध आइरहन्छ ।

मेगन फक्स

megan-fox

मेगन फक्स ट्वाइलेटमा फ्लश गर्दिनन् । साथै उनको घरमा भाँडाहरु पनि हमेशा फोहोर रहनेगर्छ ।

रोबर्ट प्याटिसन

robert-pattinson

रोबर्ट प्याटिसन आफ्नो टाउको नुहाउन निकै हिच्किचाउने गर्छन् । हप्तौंसम्म पनि उनी टाउको नुहाउँदैनन् ।

 

The post यी ८ चर्चित सेलिब्रेटी: कोही नुहाउँदैनन्, कोही दाँत ब्रश गर्दैनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles