काठमाडौं, ३१ वैशाख । अभिनेत्री गरिमा पन्तले आफू विवाह बन्धनमा बाँधिएको खुलासा गरेकी छन् । ‘झोला’ अभिनेत्री पन्तले शुक्रबार फेसबुकमार्फत विवाह बन्धनमा बाँधिएको जानकारी दिएकी हुन् । उनले बेल्जियममा व्यवसाय गर्दै आएका हरि थपलियासँग लगनगाँठो कसेकी हुन् ।
‘मेरो जीवनको अर्थपूर्ण पाटाहरु यहाँहरुसंग बाँढ्न पाउनु मैले आफ्नो सौभाग्य ठानेको छु । यसैक्रमा मेरो जीवनको ठूलो र अति नै महत्त्वपूर्ण पल यहाँहरुलाई जानकारी गराउँदै हामी वैवाहिक जीवनमा बाँधिएको अवगत गराउँदछौँ,’ फेसबुकमा उनले लेखेकी छन् ।
आफू विवाह बन्धनमा बाँधिएको जानकारी गराउँदै उनले जेहेन्दार तथा गरीब विद्यार्थीको सहयोगका लागि आफैँले प्राथमिक शिक्षा आर्जन गरेको श्री मित्रता उमावि र आफ्नै गाविसको मर्स्याङ्दी सामुदायिक विद्या मन्दिर निमाविलाई सहयोग गर्ने गरी ७ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको घोषणा गरेकी छन् ।
सो अक्षयकोष आफ्नो बुबा इन्द्रबहादुर पन्त र आमा माया पन्तको नाममा स्थापना गरिएको उनको स्टाटसमा उल्लेख छ ।
पन्त लामो समयदेखि गैह्र आवासीय नेपाली थपलियासँग प्रेम सम्बन्धमा थिइन् । हरिको यो दास्रो विवाह हो ।
The post नायिक गरिमा पन्तले कसिन लगनगाँठो, को हुन् उनका पति ? appeared first on Sajha Post.