Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फिल्ममा भूमिका पाउनका लागि यी अभिनेत्रीले गरिन् यस्तो काम !

$
0
0

मुम्बई । भारतीय अभिनेता रणवीर कपूर अहिले उनले आउँदै गरेको नयाँ फिल्म ‘जग्गा जासूस’ का कारण चर्चामा रहेका छन् । रणवीरका फ्यानहरुले उनको उक्त फिल्मको प्रतिक्षा गरिरहेका छन् । अनुराग बासुको उक्त फिल्म एक सोलो कमेडिमा आधारित हुने बताइएको छ ।

फिल्म ‘बर्फी’ पछि अनुरागको यो दोस्रो सोलो कमेडि फिल्म हो । फिल्ममा रणबीर कपूर, कट्रिना कैफ र सयानी गुप्ताको मुख्य भूमिका रहेको छ ।

फिल्म ‘जग्गा जासूस’ मा आफ्नो भूमिकालाई लिएर  अभिनेत्री सयानी गुप्ताले एक खुलासा गरेकी छन् । फिल्ममा सयानी रणबीर कपूरको १४ वर्षीय साथीको भूमिकामा देखा पर्देछिन् । जबकी उनको वास्तविक उमेर ३१ हो । सयानीका अनुसार उक्त भूमिका नै जीवनको उत्कृष्ट भूमिका हो । उनले भनिन्, ‘म अनुराग बासुलाई निकै सम्मान गर्छु किनकी उहाँले मलाई यस भूमिकाका लागि चुन्नुभयो ।’

सयानीले थपिन्, ‘यस भूमिकामा पाउनका लागि मैले अडिशन पहिल्यै कपाल काटिसकेकी थिएँ । अडिशनको क्रममा मेरो अभिनय र अन्य कुराहरुबाट उहाँ खुशी हुनुभयो र मलाई यस भूमिकामा लिनुभयो ।’ सयानीका अनुसार फिल्ममा कुनैपनि भूमिका पाउनका लागि निकै कम कलाकारले यस्तो गर्ने हिम्मत देखाउँछन् । ‘यसैकारण मलाई फिल्ममा लिनुभएको हो’ उनले भनिन् ।

बताइएअनुसार फिल्ममा रणबीर विद्यालय जाने केटाको रुपमा देखिनेछन् भने सयानी उनको साथी ।

The post फिल्ममा भूमिका पाउनका लागि यी अभिनेत्रीले गरिन् यस्तो काम ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles