मुम्बई । भारतीय चर्चित कमेडियन कपिल शर्माले आँखा दान गर्ने उद्घोष गरेका छन् ।
कपिल शर्माद्वारा सञ्चालित ‘द कपिल शर्मा शो’ मार्फत उनले उक्त कुरा बताएका हुन् । कपिलको शोमा राष्ट्रिय दृष्टिविहीन क्रिकेट टीमको सदस्यहरु बोलाइएको थियो । टीमका सदस्यहरुसँग कुराकानी गर्ने क्रममा कपिल प्रभावित भएर आँखा दान गर्ने निर्णयमा पुगेका हुन् ।
‘हाम्रो मृत्युपश्चात शरीरका अंगहरु अरु कसैका लागि निकै काम लाग्न सक्छ र उनीहरुलाई खुशी दिन सकियोस् ।’ उनले भने, ‘मैले उनीहरुसँग भेटेपछि आफूले आँखा दान गर्ने निधो गरेको हुँ । मेरो मृत्युपछि कसैले संसार देख्न पाउँछ भने त्यो मेरा लागि खुशीको कुरा हुनेछ ।’
The post कपिलले गरे आँखा दान गर्ने घोषणा appeared first on Sajha Post.