Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

मात्र बीस मिनेटको फिल्मका लागि यस अभिनेताले लिए तीस करोड !

$
0
0

मुम्बई । मात्र बीस मिनेटको फिल्मका लागि कुनै भारतीय अभिनेताले तीस करोड पारिश्रमिक लिन सक्ला ? तर बाहुबली अभिनेताका रुपमा परिचित प्रभासले उक्त ठूलो रकम लिएको बताइएको छ ।

दक्षिण भारतीय अभिनेता प्रभास अभिनित फिल्म ‘बाहुबली २’ लाई प्राय: दर्शकले प्रतिक्षा गरिरहेका छन् । उक्त फिल्म अप्रिल १४ बाट प्रदर्शनमा आउँदैछ । तर, यसअघि प्रभास यस्तो धमाका देखाउन गइरहेका छन् कि जुन आजसम्म पनि कसैले गरेका छैनन् । प्रभासले आफ्ना फ्यानहरुका लागि नयाँ फिल्म उपहार लिएर आउने भएका छन् ।

उक्त फिल्म मात्र २० मिनेटको हुनेछ । फिल्मका लागि प्रभासले ठूलो रकम मागेका कारण निर्देशकको होश नै उडेको थियो ।

प्रभासले निर्देशकसँग ३० करोड पारिश्रमिक मागे र उनको लोकप्रियताका कारण निर्देशक उक्त रकम दिन राजी भए । यस फिल्म हिन्दी, तेलुगू र तमिल गरी तीन भाषामा बन्नेछ । फिल्ममा भरपुर एक्सनका सिनहरु देख्न पाइनेछ । फिल्मको नाम भने खुलाइएको छैन ।

The post मात्र बीस मिनेटको फिल्मका लागि यस अभिनेताले लिए तीस करोड ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles