Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

करणले भावुक हुँदै भने- अब कामभन्दा बच्चा प्राथमिकतामा रहनेछन्

$
0
0

मुम्बई । बलिउड निर्देशक एवं निर्माता करण जोहर सेरोगेसीका माध्यमबाट जुम्ल्याहा बच्चाका पिता बनेका छन् र यस खबरको पुष्टि उनी आफैँले नै गरेका छन् ।

करणले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू दुई बच्चा जसमध्ये एक छोरा र एक छोरीको बाबु बनेको जानकारी दिएका हुन् । आफू एकल बाबु बन्न पाएकोमा सौभाग्य प्राप्त भएको करणले ट्विटमा भनेका छन् । उनका अनुसार छोरा र छोरीको नाम यश र रुही राखिएको छ । उनले छोरीको नाम आफ्नी आमाको हीरु जोहरको नामसँग जोडेको हुन् ।

करणले ट्विटमा लेखेका छन् ‘मैले तपाईहरु सामु यो कुराको जानकारी दिन पाउँदा खुशी लागिरहेको छ कि म चिकित्सा विज्ञानको सहयोगले बाबु बन्न पाएँ । यो मेरो जिन्दगीको महत्वपूर्ण हिस्सा हो । बाबु बन्नु एक भावात्मक र जानेरै गरिएको निर्णय हो । यस्तो निर्णय लिनु अगाडि मैले आफूलाई मानसिक र शारिरीक रुपमा तयार बनाएँ ताकि बच्चाको हेरचाह र समय सुनिश्चित गर्न सकुँ । यसपछि मेरो काम केही पछाडि जानेछ किनकी बच्चा अबको प्राथमिकतामा रहनेछन् ।’

The post करणले भावुक हुँदै भने- अब कामभन्दा बच्चा प्राथमिकतामा रहनेछन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles