Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जंगलभित्र ज्योतीको जवानी र रेस्लरको हानाहान

$
0
0

पोखरा, २१ फागुन । शनिबार जंगल फेस्टिभलको अन्तिम दिन । बिदाको दिन परेकोले जंगल भित्र उसै पनि दर्शक निकै बाक्लो आउने निश्चित थियो । त्यसैमाथि जंगलभित्र गायिका ज्योती मगरको प्रस्तुती र नेपाल भर्सेज भारतको घम्साघम्सी रेस्लिङ हुने भएपछि बालबालिका, तन्नेरी देखि वृद्धवृद्धासम्म जंगलमा ओईरिएका थिए ।

छोटो मिनीस्कर्टमाथि ज्याकेट लाएर स्टेज उक्लिएकी ज्योती मगरलाई देख्ने बित्तिकै जंगलभित्र एकाएक कोलाहल मच्चियो । ज्योती पनि के कम ? पोखरेली दर्शकलाई स्टेजबाट भनिन्, ‘आइ लभ यू अल’ । त्यसैमाथि उनले ‘फ्लाइङ किस’ थपिदिईन् । त्यसपछि त झन् जंगलमा एकै छिन हल्लाखल्ला नै भयो ।

जब ज्योतीले आफ्नो ‘अदा’ देखाउँदै गीत गाउन थालिन्, तब दर्शक पुलकित भए । बिस्तारै माहौल तताउँदै लगेर ज्योतीले आफ्नो ज्याकेट फुकालिन् । त्यसपछि त झन् दर्शकको हुटिङले जंगल नै गुञ्जियो । त्यसपछि उनी स्टेजबाट तल झरेर ‘रेस्लिङ रिङ’मा पुगेर ज्योतीले गीत गाउन थालिन् । दर्शकको नजिक पुगेर ज्योतीले गीत गाउन थालेपछि एकैछिन् त आयोजकलाई भीड थाम्न गाह«ो प¥यो । त्यसपछि उनी आयोजकको आग्रहमा पुनः स्टेज फर्किईन् ।

ज्योती मगरले गर्माईरहेको माहौललाई पुनः पोखरेली मोडलहरुले ‘क्यास’ गरे । जंगल थिममा भएको फेशन शो मा १२ जना मोडलहरुले र्‍याम्पमा आफुलाई उतारे । लगालग दर्शकलाई तान्ने कार्यक्रमहरु राखिएको जंगल फेस्टिभलको अन्तिम दिन सबैभन्दा बढि आकर्षण भने रेस्लिङ मै थियो । सबै दर्शक रेस्लिङलाई व्यग्र भएर कुरिरहेका देखिन्थे । जब फेशन शो सकियो, तब दर्शकहरुको पर्खाई सकियो ।

शुरुमा सम्पूर्ण रेस्लरहरु एकैचोटी रिङमा उत्रिए । त्यसपछि दुई÷दुई जनाको टोली आपसमा भिड्यो । र, अन्तिममा भारतीय रेस्लर आरडिएक्स र पोखरेली रेस्लर यूव दादाबीचको घम्साघम्सी रिङमा भयो । यो म्याचमा पोखरेली रेस्लरलाई चोट पनि लाग्यो । यद्यपी अन्तिम समयमा आएर भारतीय रेस्लरले म्याच हापे । र, पोखरेली रेस्लर युव दादा विजेता बने । उनलाई पोखरेली दर्शकको निकै साथ मिल्यो ।

यी सबै आकर्षणसँगै जंगल फेस्टिभलमा विभिन्न स्टल घुम्ने, सेल्फी खिच्ने र जंगलको बारेमा जानकारी लिने दर्शकको संख्या पनि उत्तिकै बाक्लो थियो । भूतघरमा छिर्ने र ‘मोटुपत्ल’ुसँग फोटो खिचाउने बालबालिकाहरु पनि उल्लेख्य मात्रामा फेस्टिभलमा देखिन्थे ।

शनिबार जंगलभित्र देखिएको दर्शकको संख्या प्रति आयोजक निकै खुशी देखिएको छ । ‘यो सिजनकै सबैभन्दा बढि दर्शक जंगल फेस्टिभलमा अन्तिम दिन देखियो । हामीले सोँचेभन्दा बढि दर्शक जंगलमा पायौँ ।’ आयोजक जंगल फेस्टिभलका अध्यक्ष सोभित बस्यालले भने–‘मेलालाई मन पराएर अवलोकनका लागि आउने सम्पूर्ण दर्शककै कारणले हामी सफल भएका हौँ ।’

आयोजक परिचय नेपालले फेस्टिभल निकै सफल भएको दाबी गरेको छ । उसले यो सफलताको श्रेय दर्शकसँगै विज्ञापनदाता, स्टल व्यवसायी, सरोकारवाला क्षेत्र र आफ्नै व्यवस्थापन टिमलाई दिएको छ । उसले सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

The post जंगलभित्र ज्योतीको जवानी र रेस्लरको हानाहान appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles