Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘लप्पन छप्पन’ मा निश्चलको रक (भिडियोसहित)

$
0
0

काठमाडौं, १२ फागुन । प्रतिक्षित फिल्म ‘लप्पन छप्पन’ को ‘पोको पारेर’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ । गीतले युट्युबमा रिलिज भएको एक दिन नबित्दै दुई लाख बढी पटक हेरिएको छ ।

निर्देशक निश्चल बस्नेतले स्वर दिएको उक्त गीतमा दीपक आरजेको शब्द र संगीत रहेको छ ।

मुकुन्द भट्टराई निर्देशित फिल्ममा फिल्ममा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा सिवाकोटी, देवु श्रेष्ठ र नव नायकद्वय प्रकाशजंग शाह र सिड खरेलको अभिनय रहेको छ । डम्बर चन्दको लगानीमा बनेको उक्त फिल्म चैत्र ११ गतेबाट देशभर प्रर्दशन हुँदैछ ।

भिडियो हेर्नुहोस्:

The post ‘लप्पन छप्पन’ मा निश्चलको रक (भिडियोसहित) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles