मुम्बई । बलिउड सुपरस्टार सलमान खानको फ्यान संसारभरी फैलिएका छन् । त्यस्तै अधिक मोटोपनाको शिकार भइरहेकी इमान अहमद अब्दुलाती फिल्म अभिनेता सलमान खानको एकदम ठूलो फ्यान हुन् । उनी शल्यक्रियाका लागि मुम्बई आएकी छन् ।
पाँच सय किलोग्राम शारीरिक तौल भएकी ३७ वर्षीय महिलाको ११ फेब्रुअरीका दिन बैरिएट्रिक सर्जरीका लागि भारत आएकी हुन् । बताइएअनुसार उनले सलमानलाई भेट्न चाहेकी छन् । सलमानले पनि उनीसँग चाँडै नै भेट्नेछन् ।
सलमानका भाई अरबाज खानले भने कि सलमानका संसारभर प्रशंसक छन् र सबैसँग भेट गर्न/गराउन सम्भावनाको कुरा रहेन । तर इमानको मामलामा सलमानको टीम यी दुईलाई भेट गराउनका लागि मिति र स्थान तय गरिरहेका छन् ।
The post संसारकै सबैभन्दा मोटी महिलासँग भेट्नेछन् सलमान appeared first on Sajha Post.