मुम्बई । बलिउड अभिनेत्री रेखाले अभिनयमार्फत धेरैको मन जितिसकेकी छन् तर पनि अहिलेसम्म उनको कुनै नराम्रा समाचार तथा अफवाहहरु फैलिएका थिएनन् । यतिबेला भने रेखा सामाजिक सञ्जालमा तथा भारतीय चलचित्र बजारमा चर्चाको शिखरमा छिन् ।
रेखाको पूर्व पति मुकेश अग्रवालको पहिलेनै मृत्यु भइसकेको छ । त्यसपछि रेखाले कसैसँग पनि विवाह गरेकी छैनन् । मीडिया रिपोर्टका अनुसार हालै यासिर ओमसानको किताबमा रेखा र संजय दत्तले गोप्य विवाह गरेको खुलासाले बलिउडमा हंगामा मच्चिएको छ ।
यासिरको किताब ‘रेखा द अनटोल्ड स्टोरी’ का अनुसार सन् १९८४ मा रिलिज भएको फिल्म ‘जमीन आसमान’ को शुटिङको समयमा संजय र रेखा नजिकिएका थिए । फिल्मको शुटिङ सकिएपश्चात रेखा र संजय एकअर्काको मायामा पागल भएका थिए । त्यसलगत्तै उनीहरुले गुपचुप बिहे गरेको समेत बताइएको छ । जसको खुलासा आजसम्म भएको थिएन ।
रेखाको नाम कहिलेकाहिँ अमिताथ बच्चनसँग जोडिएर पनि आउने गरेको थियो । तर, अमिताभको जीवनमा जया आएपछि रेखा एक्ली भएकी थिइन् । यसै कारण संजयको नजिक रेखा परेकी थिइन् ।
स्रोत: भारतीय सञ्चारमाध्यमहरु
The post रेखा र संजयलाई लिएर चर्चामा आएको यस खबरले बलिउडमा हंगामा appeared first on Sajha Post.