काठमाडौं, १ फागुन । अभिनेत्री केकी अधिकारी रानी बन्ने भएकी छिन् ।
आइतबार राजधानीमा निर्माण घोषणा गरिएको याम थापाद्वारा निर्देशित चलचित्र ‘राज्जा रानी’मा केकी नाजिर हुसेनको रानी बन्ने भएकी छिन् ।
चलचित्रमा केकी र नाजिरको अलवा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य र अनुज थापाको समेत अभिनय रहनेछ ।
रमेश एमके पौडेलले निर्माण गर्न लागेको चलचित्रमा दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराजगहतराजको नृत्य निर्देशन रहनेछ ।
चलचित्रको फागुन ५ देखि नेपालगंजबाट छायाँकन सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।
The post नाजिर केकीको राजा बन्ने appeared first on Sajha Post.