मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूर अहिले अंडरवर्ल्ड डन दाऊद इब्राहिम र उनकी दिवंगत बहिनी हसीना पारकरमाथि बनिरहेको बायोपिक ‘हसीना द क्वीन अफ मुम्बई’ को शुटिङमा व्यस्त छिन् । तर केहिदिन अगाडि उनी शुटिङ सेटको बीचमा श्रद्धा अचानक रुन थालिन् ।
सेटमा भएका मानिसहरुलाई थाहा भएन कि एकाएक श्रद्धा किन रोइन् ? आखिर के भयो श्रद्धालाई ? सेट वरिपरी भएका मानिसहरु निराश भए किनकी श्रद्धा आँसु बगाइरहेकी थिइन् । फिल्मका निर्देशक अपूर्वा लाखियाले श्रद्धालाई सम्हाल्न नसकेपछि एक घण्टाका लागि शुटिङ नै रोक्नुपरेको थियो ।
फिल्ममा श्रद्धाकी भाइ सिद्धार्थ कपूरले पनि भूमिका निभाएका छन् । उनले सेटमा नै श्रद्धालाई सम्हाले तर पछिसम्म पनि उनको आँखाबाट आँशु बगिरहेको थियो । अपूर्वाले भने, ‘श्रद्धा र सिद्धार्थ निकै भावुक भएका थिए । यसले उनीहरुबिचको सम्बन्ध कति माथि छ भन्ने कुराको पृष्टि गरेको छ । त्यस क्रममा सबै शान्त भएका थिए । र, हामीले केहि समयका लागि उनीहरुलाई एक्लै छोडिदियौं ।’
उनी रुनुको कारण के हो ? अझै पनि स्पष्ट रुपमा खुल्न सकेको छैन तर भारतीय सञ्चारमाध्यमका अनुसार अत्याधिक भावुकभएका कारण उनी रोएको बताएको छ ।
The post शुटिङ सेटमै अचानक किन रोइन् श्रद्धा ? appeared first on Sajha Post.