काठमाडौं, ४ चैत । ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक गरिएको छ । मनोवादको आवाज, शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् ।
स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै, ठूला सपनाहरू बोकेर विदेशीने युवाहरूको घर परिवार र देशप्रतिको प्रेमको कथा ‘लालुमै’ मा समेटिएको छ । गीतको सङ्गीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् ।
सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमीला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा विजय बराल, घनश्याम जोशी, मौसम खड्का, राज न्यौपाने, उत्तमराज पाण्डे, शक्ति राई, उमेश तामाङ, रञ्जना ओली र सुरज तमु लगायतको अभिनय रहेको छ । नवीन बाबु गुरुङ र सुशील तामाङले संयुक्तरूपमा खिचेको भिडियोको सम्पादन र कलरिङ् निशान घिमिरेले गरेका हुन् ।
The post परदेशी युवाको कथा बोकेर आयो ‘लालुमै’ (भिडियोसहित) appeared first on Sajha Post.