Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको मुड

$
0
0

काठमाडौं, २८ माघ । माघ पहिलो साताबाट पोखराका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्म ‘डिसेम्बर फल्स’ का केही फोटोहरु सार्वजनिक भएका छन् ।

निर्माण पक्षले गोप्य राख्दै आए तापनि कसोकसो ती तस्विर बाहिर आएका हुन् । फोटामा फिल्मका प्रमुख अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीका बिभिन्न भावमा प्रस्तुत भएको देखिन्छ ।

भारतीय टेलि तथा फिल्म क्षेत्रमा कार्यरत निर्देशक प्रविण झाको निर्देशनमा निर्माण भइरहेको फिल्मलाई दक्षिण भारतीय फिल्मका ब्यस्त छायाँकार महेश आर गुप्ताले खिचिरहेका छन् ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल र निर्मातामा राजकुमार भट्ट छन् । फिल्मको केही दिनमा पोखरा सेडयुल समापन हुने र त्यसपछि झण्डै दुई साता काठमाडौमा खिचिने बताइएको छ ।

फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित,सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईको अभिनय छ । बिपीका खनालको कथा रहेको फिल्मको पटकथा र सम्वाद केदार भुसालले लेखेका हुन् ।

०७८ को साउन १ गते प्रदर्शन हुने फिल्मको युट्युब र अष्ट्रेलिया राइट महंगो मुल्यमा बिक्री भइसकेको छ ।

The post ‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको मुड appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles