Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

चलचित्र ‘छक्का पञ्जा’पाइरेसीको छानबिन माग गर्दै किन प्रहरी चौकी पुगे दिपक-दीपा ?

$
0
0

काठमाडौं, माघ ९ । चलचित्र ‘छक्का पञ्जा’ पाइरेसी लागेका कलाकार दिपकराज गिरी र दीपाश्री निरौला आफैं विरुद्ध छानमिनको माग गर्दै प्रहरी चोकीमा पुगेका छन् ।

शनिबार बिहान ११ बजे दिपकदीपा सहितको निर्माण टिमले’छक्का पञ्जा’ पाइरेसी र त्यसपछि पाइरेसीमा संलग्न नवलपरासीका कृषण सुवेदीको आत्महत्या पछि उत्पन्न परिस्थितीमा निर्माण टिम विरुद्ध नै छानबिन माग गर्दै प्रहरीमा निवेदन दर्ता गराएका छन् ।

निवेदन दर्ता गराइसकेपछि दिपकले सञ्चारकर्मीहरुसँग भने, ‘कृष्ण सुवेदीको आत्महत्या पछि जुन चिट अायो चिटमा आत्महत्या हैन्, हत्या हो भनियो र विभिन्न मिडियाहरुमा दिपकले र दिपकको टिमले धम्काएको कारणले एउटा निर्दोश विद्यार्थीको ज्यान गयो भनियो त्यो सब आरोप हो । हामीले कहि कतै एक अक्षर पनि धम्काएको छैनौं हामी विरुद्ध लागेको आरोप सब भ्रम हो । ‘

उनले मृतक सुवेदीलाई आफुहरुले पाइरेसीमा संलग्न भएतापनि त्यसमा पूर्ण दोष उनको नदेखिएकोले आफुहरुकै आग्रहमा प्रहरीलाई छोड्न लगाएको बताए ।

निर्माता तथा अभिनेता गिरीले आफूले धम्की दिएको भए त्यसको फोन कल चेक गरेर खोजी गर्न सकिने प्राविधिक हात भएको तथा अन्य विभिन्न कोणबाट दोषी पत्ता लाग्ने आधार रहेको भन्दै आफुहरुले त्यस्तो गरेको पाइएमा कारबाहीको भोग्न तयार रहेको बताए ।

निर्माता तथा कलाकार दिपकराज गिरी, निर्मल शर्मा, सुमन गिरी सहित निर्देशक दिपाश्री निरौंलाले संयुक्तरुपमा आफुहरुमा नै छानबिन माग गर्दै गौशाला प्रहरीमा उजुरी दर्ता गराएका थिए ।

The post चलचित्र ‘छक्का पञ्जा’ पाइरेसीको छानबिन माग गर्दै किन प्रहरी चौकी पुगे दिपक-दीपा ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles