Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

एउटा लोग्नेको कथा ‘बेड नं. ९९’

$
0
0

काठमाडौं । थिएटर मल नाटकघर यसपटक अस्पताल बनेको छ । थिएटर मलमा शुक्रबारदेखि सुरु भएको नाटक ‘बेड नं. ९९’ ले नाटकघरलाई अस्पतालको रुप दिएको हो ।

माघ ७ शुक्रबार प्रिमियर गरिएको नाटक ‘बेड नं ९९’ महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटको रुप दिएका हुन् । मनोवैज्ञानिक शिल्पमा पोख्त कथाकार शाहको यस कथालाई नाटकमा पनि निर्देशक श्रेष्ठले मनोवैज्ञानिक विम्वहरुमार्फत दृश्यमा उतारेका छन् ।

नाटक मञ्चनपछि कथाकार शाहले कथाभित्रको कथालाई वास्तविकताको रुप दिने एक सशक्त विधा रहेको बताउँदै पात्रहरु सशरीर उभिएर र हावभाव गर्दा रोमाञ्चित भएको बताए । उनले भने, ‘कथामा पाठकले पात्रहरुको कल्पना गर्छ । नाटकमा पाठकले पात्रहरुलाई देख्छ, महसूस गर्छ । यसर्थ कुनै पनि कथाको नाटकीकरण हुनु भनेको कथाले दोस्रो जीवन पाउनु हो ।’

‘बेड नं ९९’ यो एक लोग्नेको कथा हो जसले संगैको अर्को बेड नं ९८ को कथा बोल्छ, जो आफैमा हिनतावोधले ग्रस्त छ । ऊ आफ्नी स्वास्नीलाई शंका मात्र गर्छ । यस नाटकले यस्ता मनोरोगीको उपचार विधिलाई रोचक ढंगले प्रस्तुत गरेको छ ।

निर्देशक घनश्याम श्रेष्ठले सेट, प्रकाशको सुन्दर संयोजन त गरेका छन् नै त्यससंगै कोरसको माध्यमबाट नाटकलाई विम्ब र प्रतीकहरुले सजाएर कलात्मक रुपमा पनि ओजिलो बनाएका छन् ।

कथालाई नाटकका रुपमा थिएटर मलले पहिलोपटक मञ्चन गरेको हो । फरक फरक प्रस्तुति र विषयमा नाटक मञ्चन गर्ने थिएटर मलले यो पटक थिएटर आकारसंगको सहकार्य गरेको नाटकघरका कला निर्देशक केदार श्रेष्ठले जनाए । उनले भने, ‘यस नाटकले थिएटर मलको विविधतालाई थप सघाउ पुग्ने विश्वास छ ।’

नाटक ‘बेड नं ९९’मा विकास जोशी, श्याम खड्का, शुष्मा कोइराला, रेनुका कार्की, सुशिला लक्ष्मी श्रेष्ठ, श्रीनेहा कोइराला, केसव रिजाल, शुभम गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला महर्जन लगायतले अभिनय गरेका छन् ।

काठमाडौं मल सुनधारास्थित थिएटर मल नाटकघरमा यस नाटक माघ २९ सम्म बुधबारबाहेक हरेक साँझ ५ः०० बजे मञ्चन हुनेछ । शनिबार दिउँसो १ः३० बजे अतिरक्ति शो पनि हुने नाटकघरले जनाएको छ ।

The post एउटा लोग्नेको कथा ‘बेड नं. ९९’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles