काठमाडौं, २० वैशाख । अमेरिकाको भर्जिनियामा बस्दै आएकी नेपाली चेली प्रिशा श्रेष्ठले गाएको अंग्रेजी भाषाको गीत ‘Turn Up’ सार्वजनिक भएको छ । बाल मनोरञ्जन केन्द्रित शब्दहरु समावेश गीत सधैँ हाँसिरहने, तथा रमाईलो गरिरहने हो भने नै जीवन सार्थक हुन्छ, भन्ने भावमा तयार भएको छ ।
गीतमा शब्द Enniemeanie र संगीत ज्योति श्रेष्ठको रहेको छ । क्लास एक्स प्रिजेन्टेसनमा रेकर्डिङ भएको गीतको म्युजिक भिडियो ज्योति श्रेष्ठकै निर्देशनमा बनेको हो ।
७ वर्षीय प्रिशाले यसअघि ‘जति माया लाग्छ मामुको’ तथा ‘टुक्रिएको देश हैन’ बोलको गीत गाइसकेकी छन् ।
भिडियो:
The post सात वर्षीया प्रिशाले गाइन् यस्तो English गीत (भिडियोसहित) appeared first on Sajha Post.