Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

साङ्गितिक क्षेत्रमा छुट्टै पहिचान बनाउँदै गायक प्रसाईं

$
0
0

काठमाडौं, १७ वैशाख । गायक सुराच प्रसाईं आफ्नो पहिलो गिती एल्बम ‘जिन्दगी’को सफलतालाई लिएर यतिखेर निकै उत्साहित छन् । एल्बमको शीर्ष गीत ‘नाइनलको सारी’ सार्वजनिक भएको एक महिना नबित्दै सोचेभन्दा राम्रो सफलता पाएपछि गायक प्रसाईं निकै उत्साहित बनेका हुन् ।

Surach Prasain 1

यसबीचमा देशका विभिन्न ठाउँमा भएका साङ्गितिक कार्यक्रमहरुमा प्रस्तुतिसमेत दिएका प्रसाईं श्रोता तथा दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको बताउँछन् ।

पूरानो शैलीको लोकधुनलाई नयाँ शैलीको कम्पोजिसन र संगीत संयोजनले गीतमा बैग्लै किसिमको मौलिकता थपेको छ । आफ्नै कला संस्कृति, रहनसहन, रिति रिवाज एवम् जीवनशैली झल्कने गीत-संगीतलाई नौलो किसिमका प्रस्तुति दिन रुचाउने गायक प्रसाई भने आफूलाई भर्सटाइल भन्न रुचाउँछन् ।

राजधानीको भृकुटी मण्डपमा रहेको फनपार्कमा छायाङ्कन गरिएको भिडियो विभिन्न टेलिभिजन च्यानलहरुबाट प्रशारण भइरहेको छ । सो म्युजिक भिडियोको निर्देशन भिभोर पोखरेलले गरेका हुन् भने यस गीतमा लय सङ्कलन सञ्चारकर्मी रोशन लामाको छ ।

Nilan ko saari

उनको यस जीन्दगी एल्बममा समावेश ४ वटा गीतमा ३ गीत निकै भिन्न शैलीका छन । नाइनलको सारी र जोर मादल लोक फ्यूजन शैलीका छन् भने एउटा राष्ट्रिय भावना समेटिएको बन्द नेपाल तथा युवा पुस्तामा लोकप्रिय आरएनबी शैलीको गीत समावेश छ ।

‘कमर्सियल, राष्ट्रिय भावना र आरएनबी गीतहरु समावेश गरेको छु,’ एल्बममा समावेश गीतको विशेषताबारे उनी भन्छन्, ‘फरक-फरक धारका गीतहरु भएपनि आफूले राम्रो मिहेनत गरेकाले दर्शक तथा श्रोताहरुको मन जित्नेमा ढुक्क छु ।’

Music Video

भिन्न शैलीका लोकधुन गरिरहे पनि गायक प्रसाईं मेलोडी गीतहरु गुनगुनाउन बढी रुचाउँछन् । यद्यपी अहिलेको ट्रेण्ड, बजारको माग र दर्शक श्रोताहरुको रुचीलाईसमेत आफूले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

Music Video 1

इञ्जिनियर बन्ने सपना बोकेर झापाबाट १० वर्षअघि काठमाडौं छिरेका उनी विपनामा सञ्चारकर्मी हुँदै गायनसम्म आइपुगेका छन् । उनका गीतहरुमा शब्द-संगीत आफ्नै छ । यसअघि पनि आर्धा दर्जन एल्बमका करिब एक दर्जन बढी गीतमा उनको शब्द तथा संगीत छ ।

Surach Prasain 2

 

गत वैशाखअघि नै डेब्यु एल्बम रेजो बजारमा ल्याउने तयारी गरेपनि बिनाशकारी भूकम्पपछि उनले आफ्नो योजनालाई पर सारेका थिए ।

एल्बमको बिक्री तथा देश-विदेशमा हुने कार्यक्रममा उठ्ने सबै रकम गत वैसाखको भूकम्पका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षादिक्षामा खर्चने उनको सोंच छ ।

अहिले एल्बमको बिक्री सेलाएको अवस्थामा गायक प्रसाईंले यो एल्बम ‘संगीत शिक्षाका लागि’ नाम दिएर लण्डन र अमेरीकाको बाल्टीमोर लगायतका शहरहरुमा सांगीतिक कार्यक्रम दिने तयारी गरेका छन् ।

देशभित्र हुने सम्पूर्ण इभेन्टको संयोजनको जिम्मेवारी भने द रोयल क्रिएसनले गर्ने भएको छ ।

The post साङ्गितिक क्षेत्रमा छुट्टै पहिचान बनाउँदै गायक प्रसाईं appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles