काठमाडौं, १ कात्तिक । एमबी क्रियशन युट्युब च्यानलमार्फत सार्वजनिक भएको ‘दिलको ड्राइभर’ गीत सार्वजनिक भएको छ । गीतमा ईशा कार्की र अमृतजंग कुँवरको स्वर रहेको छ ।
चर्चित कलाकार पवन खतिवडा (म्याकुरी) र कञ्चन खड्काको अभिनय रहेको गीत ईशा कार्कीले संगीतबद्ध गरेका हुन् । रिकेश गुरुङले एरेन्ज गरेको गीतमा मनोज विष्टको निर्देशन रहेको छ भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
गीतको भिडियोमा कोरियोग्राफरको रुपमा राज महर्जन रहेका छन् । गीतको परिकल्पना ईशा कार्की र अमृत जंग कुँवरले गरेका हुन् । गीतमा ह्याप्पी क्रियु र चार्मिङ ईन्टरटेनमेन्टका कलाकारले साथ दिएका छन् । यस्तै गीतको प्रोडक्सन म्यानेजरको रुपमा उमेश महर्जन रहेका छन् ।
The post खड्का र खतिवडाले ल्याए ‘दिलको ड्राइभर’ (भिडियोसहित) appeared first on Sajha Post.