सिड्नी, ३० असोज । लाहुरी टेलिभिजनको ‘मोडल अफ द मन्थ’मा अस्ट्रेलियाकी मोडल विपना अधिकारी रहने भएकी छन् ।
वन अस्ट्रेलियन नेशनल एजुकेशनको प्रस्तुती रहेको मोडल अफ द मन्थमा अधिकारी छनौट भएकी हुन् । नम्र व्यवहार र नेपालको विकासप्रति चासो राख्ने उनी पोखरा र बुद्ध मन पर्ने बताउँछिन् ।
अधिकारी नेपाली टाइम्समा समेत मोडल अफ द मन्थ रहेकी छिन् । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङको काम र त्यसले जनतालाई बनाएको खुशीप्रति आफू निक्कै अनुग्रहित रहेको बताउँछिन् । ‘म समाजसेवामा लागेँ भने कुलमानले जस्तै काम गर्छ,’ उनी भन्छिन् ।
The post ‘मोडल अफ दि मन्थ’ बनिन् विपना appeared first on Sajha Post.