Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जापान पुगेर सम्झी सम्झी रुँदै गायक शीतल

$
0
0

Shyam Shital

धादिङ । लोक दोहोरी तथा आधुनिक गायक श्याम शितलले एक दोहोरी गीतको भिडियो सार्वजनिक गरेका छन् । श्रेष्ठको आफ्नै शब्द र संगीत रहेको ‘सम्झी रुँदा रुँदा’ बोलको लोक दोहोरी गीत म्युजिक भिडियो सार्वजनिक भएको हो ।

गायिका देवी घर्ती र कुसुम क्षेत्रीको साथ पाएका श्रेष्ठले मोडलको रुपमा आफैं भूमिका निर्वाह गरेका छन् उनलाई कुसुम क्षेत्रीले साथ दिएकी छिन् । शितल म्युजिक सेन्टरबाट बजारमा ल्याइएको सम्झी रुँदा रुँदाको भिडियोको निर्देशन दिवस राईले गरेका छन् ।
नीलकण्ठ नगरपालिका धादिङका गायक शितलले दोहोरी ५ र आधुनिक २ गरी सात वटा एल्बम बजारमा ल्याइसकेका छन् । लामो समयसम्म सञ्चारकर्ममा पनि समर्पित श्रेष्ठ विगत ३ वर्षदेखि जापानमा बस्दछन् ।

The post जापान पुगेर सम्झी सम्झी रुँदै गायक शीतल appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles