Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विरोधका बीच सलमानले मुख खोले, भन्छन्- सुशान्तको परिवारको सहारा बन्नुस्

$
0
0

मुम्बई, ७ असार । कलाकार सुशान्त सिंह राजपुतको निधनपछि बलिउडविरुद्ध जनतामा अत्यधिक क्रोध जागिरहेको छ जुन सामाजिक सञ्जालमा समेत प्रष्ट देख्न सकिन्छ ।

सामाजिक सञ्जाल ट्वीटरमा विभिन्न बलिउड कलाकारहरु विरुद्ध अभियानहरु पनि सुरु गरिएको छ । यी कलाकारहरुमध्ये बलिउडका हस्ती सलमान खानप्रति पनि धेरैको क्रोध देखिएको छ ।

यसैबीच सलमानले आफ्ना प्रशंसकहरुलाई सुशान्तका फ्यानहरुलाई समर्थन गर्न अपिल गरेका छन् ।

सलमानले ट्वीट सन्देशमा लेखेका छन्, ‘म आफ्ना सबै फ्यानहरुलाई सुशान्तको फ्यानहरुसँगै खडा र अपमानजनक भाषा प्रयोग नगर्नुहुन अनुरोध गर्दछु । भावनाहरु बुझ्ने प्रयास गर्नोस् । यस कठिन समयमा सुशान्तको परिवारको सहारा बन्नुस् । आफन्त गुमाउँदाकोे क्षण अत्यन्त पीडादायी हुन्छ ।”

यसैबीच बलिउड स्टार सलमान खानको विरोध हुने क्रम जारी नै रहेको छ । सुशान्तको मृत्युपछि धेरै ठाउँमा सलमानको पुत्लाहरु जलाइदैं छन् । उनका तस्बिरहरु पनि विहारको बिइङ ह्युमन शोरुमबाट हटाइएका छन् ।

साथै, मानिसहरुले सलमानका पोस्टरहरु भएका ठाउँहरु पनि जलाइरहेका छन् । विरोध गर्नेका अनुसार बलिउडमा पक्षपात गर्ने प्रवृत्ति बढेकाले वास्तविक प्रतिभालाई मौका नदिइने गरेको र विभिन्न कलाकारहरुको पक्षपाती आचरणकै कारण सुशान्तको प्रतिभालाई समेत बलिउडमा उजागर हुनबाट वञ्चित गराइएकोजस्ता आरोप लगाइएका छन् ।

यसैकारण सलमानसहित अन्य विभिन्न कलाकारहरुलाई सुशान्तको आत्महत्या प्रकरणसँग पनि जोडिएको छ र उनीहरुको व्यापक विरोध भइरहेको छ ।

The post विरोधका बीच सलमानले मुख खोले, भन्छन्- सुशान्तको परिवारको सहारा बन्नुस् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles