Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सोनाक्षीले ट्वीटर अकाउण्ट बन्द गरिन्, यस्तो छ कारण

$
0
0

एजेन्सी, ७ असार । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्वीटरबाट बिदा भएकी छिन् । उनले आफ्नो ट्वीटर अकाउण्ट निस्क्रिय (डिएक्टिभ) गर्दै ट्वीटरबाट टाढा रहने घोषणा गरेकी हुन् ।

उनले ट्वीटरबाट टाढा भएको खबर इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छिन् । ‘आफ्नो मानसिक स्वास्थ्य बचाउन र नकारात्मकताबाट टाढा रहनका लागि यो पहिलो कदम उठाइरहेको छु । म मेरो ट्वीटर अकाउण्ट डिएक्टिभ गर्दैछु,’ उनले आफ्नो पोस्टमा भनेकी छिन् ।

ट्वीटरबाट टाढा भएको खबरसँगै उनले आफ्नो अन्तिम ट्वीटको स्क्रिनशट पनि सार्वजनिक गरेकी छिन् । नकारात्मक प्रतिक्रियाबाट टाढा रहन र आफ्नो मानसिक स्वास्थ्यका लागि भन्दै सोनाक्षीले आफ्नो इन्स्टा अकाउण्टको कमेन्ट सेक्शन पनि डिसेबल गरेकी छन् ।

‘आगो लाग्यो बस्तीमा, म आफ्नै मस्तीमा, अलविदा ट्वीटर,’ उनले भनेकी छिन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि पछिल्लो समय एकअर्कामा दोषारोपण गर्ने लहर चलेको छ । बलिउड उद्योगमा परिवारवाद, नातावादको व्यापक रुपमा विरोध सँगै कतिपयले सामाजिक सञ्जालबाट टाढा रहने घोषणा पनि गरेका छन् ।

The post सोनाक्षीले ट्वीटर अकाउण्ट बन्द गरिन्, यस्तो छ कारण appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles