काठमाडौँ, ८ असार । बलिउड अभिनेता राम कपुर भिलेनको भुमिकामा देखिदैँ छन् । उनी वेव सिरिज ‘अभय २’ मा साइको किलरका रुपमा देखिँदैछन् । उनले यसको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।
उनले उक्त सिरिजमा आफ्नो लुकको समेत सार्वजनिक गरेका छन् । उनले यो भुमिका निर्वाह गर्न आफुलाई निकै कठिन भएको प्रतिक्रिया दिएका छन् । उक्त भुमिकामा आफुलाई डाल्न धेरै कोसिस गरेको समेत उनले बताएका छन् । ‘अभय २’ चाँडै नै रिलिज हुने बताइएको छ ।
The post अभिनेता राम कपुर ‘साइको किलर’ भुमिकामा appeared first on Sajha Post.