Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

कंगनाले सुनाइन बलिउड उद्योगले आफूमाथि गूट बनाएर गरेको षडयन्त्रको कहानी

$
0
0

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अत्महत्याले मुम्बाई माया नगरीमा अहिले नातावाद, कृपावादमाथि विवाद जन्माएको छ । साथै हिन्दी फिल्म उद्योगमा भिन्न पृष्ठभूमिबाट संघर्ष गर्न आएकाहरुलाई कसरी बाहिरी मानिसको रुपमा व्यवहार गरिन्छ भन्ने कुरा पनि अहिले छताछुल्ल पोखिएको छ ।

यही विषयलाई लिएर बलिउडमाथि यसअघि पनि प्रश्न तेर्स्याएकी अभिनेत्री कंगना रनावतले पुनः बलिउडको काम कारवाहीमाथि विश्वको ध्यानाकर्षण गराएकी छिन् ।

सुशान्त सिंह राजपूतको अवस्थालाई आफ्नो अवस्थासँगै तुलना गर्दै कंगनाले बलिउडमा आफूले भोगेको गूटको षड्यन्त्रबारे बोलेकी छिन् ।

कंगनाले ऋतिक रोसनसँगको आफ्नो विवादको सन्दर्भ कोट्याउँदै जावेद अख्तरले आफूलाई उनकै घरमा बोलाएर ऋतिकका बुवा राकेश रोसन ठूलो परिवार भएको, उनीहरुसँग दुश्मनी नमोल्न र माफी माग्न सुझाव दिएको बताइन् । साथै जावेदले उनलाई रोसन परिवारले उनलाई जेल हाल्ने, उनको करियर बर्बाद बनाउने र अन्तिम विकल्पको रुपमा उनले आत्महत्या गर्नुपर्ने समेत बताएको खुलासा गरिन् ।

कंगनाले सुशान्तलाई जस्तै आफूलाई पनि फिल्म निर्माता आदित्य चोपडाले उनीसँग काम नगर्ने भनी धम्की दिएको उनले सुनाइन् ।

‘त्यसबेलादेखि फिल्म उद्योग मविरुद्ध गुट बनेर लागिपर्‍यो । मलाई सम्झना छ मैले धेरैपटक एक्लो महसुस गरें र मलाई के होला भनेर चिन्ता लाग्थ्यो । यी विशेषाधिकार भएका मानिसहरुले कसैलाई मसँग काम गराउँदिन भन्ने शक्ति कसरी प्राप्त गर्छन् ? कसैसँग काम गर्नु नगर्नु उसको इच्छाको कुरा हो । तर उनीहरु किन यो विश्वलाई सुनाउँछन् र समूह नै खडा गरेर कसैमाथि यसरी षड्यन्त्र रच्न सक्छन् । यो विशेषाधिकारमाथि प्रश्न गर्नु आवश्यक छ । उनीहरुले उत्तर दिनुपर्छ र यी मानिसहरुको पर्दाफास गर्न म जहाँसम्म पनि जान तयार छु किनभने अत्ति भइसक्यो’, मनिकर्णिका जस्तो महान् फिल्मको निर्देशन तथा मूख्य भूमिका निभाएकी कंगना रनावतले भनिन् ।

आफ्नो व्यवसायिक जीवनका कारण व्यक्तिगत जीवन पनि ध्वस्त पारिएको कंगनाले सुनाइन् ।

कंगना रनावत बलिउड फिल्म उद्योगकी एक स्पष्ट र निडर वक्ता मानिन्छिन् । बलिउडमा जरा गाडेर बसेको नातावाद कृपावादको उनले सुरुवाती समयदेखि नै विरोध गर्दै आएकी थिइन् ।

सुशान्त सिंह राजपूतको आत्महत्या पनि यसैको नतिजा भएको बलिउड सिने जगतमा अहिले धारणा बन्न थालेको छ ।

एक वेबसाइट केआरके बक्स अफिसले गत फेब्रुवरीमा राखेको एउटा पोस्ट अनुसार बलिउडका फिल्म प्रोडक्सन ब्यानरहरु धर्मा, साजिद नाडियाडवाला, यसराज फिल्म ब्यानर, टी सिरिज, सलमान खान, दिनेश भिजान, बालाजी यी सबैले सुशान्त सिंहसँग काम नगर्ने घोषणा गरेका थिए । यी सात फिल्म ब्यानरहरु बलिउडमा राज गर्ने बर्चस्वशाली फिल्म ब्यानरहरु हुन् । यिनैले कलाकारहरुको भविष्य र फिल्मी करियर निर्धारण गर्दछन् ।

सलमान खानसँगको कथित खटपटका कारण सलमानको भनाईमा आएर ती सबै फिल्म ब्यानरहरुले सुशान्तलाई एक्लाएको अहिले खबरहरु आइरहेका छन् ।

The post कंगनाले सुनाइन बलिउड उद्योगले आफूमाथि गूट बनाएर गरेको षडयन्त्रको कहानी appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles