एजेन्सी । हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्ट, वेलायतकी पूर्व युवराज्ञी डायनाको भूमिकामा देखा पर्ने भएकी छिन् ।
युवराज चार्ल्ससँगको वैवाहिक सम्बन्धबाट कसरी अलग्गिन पुगिन् भन्ने विषयको वरिपरी घुम्ने नयाँ चलचित्र ‘स्पेन्सर’ हलिउडमा आउने तयारीमा छ । उक्त फिल्मले मात्र एक हप्ताको अवधिमा डायनाले कसरी आफ्नो वैवाहिक जीवन समाप्त भएको कुरा महसुस गरिन् भन्ने कुरा उजागर गर्दछ ।
फिल्ममा निर्देशक पाब्लो लेरियनले स्टेवार्ट वर्तमान अवस्थामा हलिउडकी एक चर्चित अभिनेत्री भएको कारण उनलाई लिइएको बताएका छन् ।
The post युवराज्ञी डायनाको भूमिकामा देखिँदैछिन् अभिनेत्री क्रिस्टिन स्टेवार्ट appeared first on Sajha Post.