एजेन्सी, ४ असार । अमेरिकामा अश्वेत जर्ज फ्लोइडको मृत्युपछि रंगभेदको बारेमा अहिले गहन बहस सुरु भएको छ । विश्वभरी रंगभेदको विरुद्धमा आन्दोलनहरु भइरहेका छन् ।
यसबीच ओस्कार एकेडेमीले पुरस्कार जित्नका लागि अब फिल्महरुले विविधताको मापदण्ड पूरा गर्नुपर्ने बताएको छ ।
एकेडेमीले आफ्नो बयानमा विविधता विकास गर्न तथा दिशानिर्देशनलाई समावेश गर्नका लागि एक संगठन बनाइने बताए । फिल्म निर्माताहरुले ओस्कारको लागि चयन हुन यी मापदण्डहरु पुरा गर्नुपर्ने बताइएको छ ।
मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेस एकेडेमीले विविधतालाई बढावा दिनका लागि पाँच वर्षसम्म एउटा नयाँ चरणको प्रतिनिधित्व गरिने बताए । केही फिल्म र रचनाकारहरुलाई सम्मान गरेकोमा एकेडेमकी आलोचना गरिएको छ ।
एकेडेमीले र्याङ्कको आधारमा निम्तो पठाउने प्रश्नमा एकेडेमीले २०१९ सम्ममा उसको करिब आठ हजार सदस्यमध्ये ३२ प्रतिशत महिला र १६ प्रतिशत मानिसहरु अश्वेत थिए । अर्को महिना नयाँ सदस्यहरुको घोषणा गरिने एकेडेमीले बताएको छ ।
The post रंगभेदी आन्दोलनको समर्थनमा ओस्कार एकेडेमीले तय गर्यो अवार्ड जित्न नयाँ मापदण्ड appeared first on Sajha Post.