मुम्बई, ३२ जेठ । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।
राजपुतको आत्महत्याको खबर सार्वजनिक भए पनि उनले आत्महत्या गर्नुको कारणबारे भने कुनै खुलासा भएको छैन । मुम्बई प्रहरी अनुसन्धानको लागि उनको घरमा पुगेको बताइएको छ ।
सुशान्तका घरेलु कामदारले प्रहरीलाई उनको आत्महत्याबारे जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको भारतीय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।
अमरउजालाले सुशान्तले आफ्नो बान्द्रास्थित घरमा डोरीमा झुन्डिएर आत्महत्या गरेको खबर लेखेको छ ।
३४ वर्षीय सुशान्त भारतको पटनामा जन्मिएका थिए । भारतीय टिभीमा पनि कार्यरत उनी हिन्दी चलचित्रका अभिनेता पनि थिए । उनले हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए । उनी अर्को टेलीश्रृङ्खला पवित्र रिश्ताबाट निकै लोकप्रिय बन्न पुगेका थिए ।
टेलिभिजनको क्षेत्रमा पाएको उपलब्धिको फलस्वरूप राजपुतलाई चलचित्र अभिनेताको प्रस्ताव आयो र उनले काय पोचे नामक हिन्दी चलचित्रमा अभिनेत़ाको रुपमा अभिनय गर्ने मौका पाएका थिए । उनले चलचित्र शुद्ध देशी रोमान्समा वाणी कपूर र परिणती चोपडासँग अभिनय गरेका थिए ।
उक्त चलचित्रको सफलता पछि राजपुतले हिन्दी चलचित्र क्षेत्रमा चर्चा पाएका थिए ।
The post बलिउड अभिनेता सुशान्तद्वारा आत्महत्या appeared first on Sajha Post.