एजेन्सी, ३१ जेठ । चर्चित संगीतकार ए आर रहमान चाँढै नै फिल्म निर्माताको भूमिकामा देखिँदैछन् । उनी चाँढै ‘नो ल्याण्ड्स म्यान’ नामको फिल्म निर्माण गर्दैछन् ।
अन्तराष्ट्रिय स्तरको यस फिल्ममा अभिनेता नवाजुद्दिन सिद्दीकी, अष्ट्रेलियाली रंगमन्चका कलाकार मेगन मिसेल तथा बंगलादेशी संगितकार तथा अभिनेता तहसन रहमान मुख्य भुमिकामा देखिदैँ छन् ।
आफ्नो नयाँ फिल्मका बारेमा बोल्दै संगीतकार रहमानले भने, ‘समयले सधै नयाँ विश्व र नयाँ विचारलाई जन्म दिन्छ । जन्मिएका हरेक नयाँ विश्वमा नयाँ चुनौतीहरु हुन्छन् र सुनाउनका लागि अरु नयाँ कहानीहरु हुन्छन् ।’
यस फिल्मलाई अंग्रेजी भाषामा बनाईएको छ । तर फिल्मका केही डायलगहरु हिन्दी र उर्दू भाषामा पनि लेखिएका छन् । फिल्मको छायांकन अमेरिका, अष्ट्रेलिया र भारतमा गरिएको छ । फिल्मको छायांकन पूरा भइसकेको थियो र पोस्ट प्रोडक्सनको काम बाँकी थियो । तर कोरोना भाइरसका कारण फिल्म बीचमा रोकिएको थियो ।
फिल्मको छायांकन निकै चुनौतीपूर्ण भएको अनुभव नवाजुद्दीनले साझा गरेका छन् ।
The post नवाजुद्दीन सिद्दीकी र रहमान देखिदैँछन् यो अन्तराष्ट्रिय फिल्ममा appeared first on Sajha Post.