Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सुशान्तले आमाका लागि अन्तिम पोस्टमा दिएका थिए यस्तो संकेत

$
0
0

एजेन्सी । बलिउडका युवा अभिनेता सुशान्त सिंह राजपूतको असामयिक निधनको खबर अहिले आगो सरी फैलिएको छ । उनको आत्महत्याको कारण डिप्रेसन भएको बताइएको छ । उनको निधनको खबर बाहिरिएसँगै पटनास्थित उनको घरमा अहिले शोक छाएको छ ।

सुशान्तले यति ठूलो कदम उठाए भनेर कसैलाई विश्वास लागेको छैन । लकडाउनको समयमा सुशान्त सामाजिक सञ्जालमा निकै सक्रिय देखिएका थिए । उनको अन्तिम पोस्टलाई विचार गर्ने हो भने उनले आमाको नाममा पोस्ट लेखेका थिए । सामाजिक सञ्जालमा अहिले यो पोस्ट भाइरल भईरहेको छ ।

सुशान्तको आमाको २००२ मा निधन भएको थियो । सुशान्तले दश दिन अघि मात्र आमाको नाममा उक्त पोस्ट लेखी शेयर गरेका थिए ।
पोस्टमा सुशान्तले लेखेका थिए, ‘आँशुको थोपाबाट वाष्पित भइरहेको धमिले अतित, कहिल्यै पनि अन्त्य नहुने यो सपना मुस्कुराहटका लागि आशक्त छ र चाडैं समाप्त हुने यो जोन दुबैको बीच कुराकानी ।’

३ जूनदेखि सामाजिक सञ्जालमा नदेखिएका सुशान्तको त्यहीँ नै अन्तिम पोस्ट थियो । जब सुशान्त १६ वर्षका थिए त्यहीँ बेला उनकी आमाको निधन भएको थियो । उनी आफ्नो आमासँग धेरै नजिक थिए ।

The post सुशान्तले आमाका लागि अन्तिम पोस्टमा दिएका थिए यस्तो संकेत appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles