एजेन्सी, ३० जेठ । अमेरिकामा रङ्गभेदविरुद्ध चलिरहेको आन्दोलनबीच एचबीओ म्याक्स च्यानलले क्लासिक ओस्कार विजेता फिल्म ‘गन विद द विण्ड’लाई हटाई दिएको छ ।
एचबीओ म्याक्स च्यानलका प्रवक्ताले भने, ‘गन विद द विण्ड’ आफ्नो समयको एउटा यस्तो फिल्म हो जसमा केही जातीय र नस्लीय पूर्वाग्रहहरुलाई दर्साईको छ । दुर्भाग्यवश अमेरिकामा यो आम कुरा हो ।’
अमेरिकामा गत मे २५ मा एक अफ्रिकी अमेरिकी नागरिक जर्ज फ्लाँयडको मृत्युले प्रहरीको बर्बरता, नस्लवाद र सामाजिक अन्यायको विरुद्ध विश्वभरी आन्दोलनको सुरुवात गरिदिएको छ । मनोरञ्जन क्षेत्रका धेरैजना हस्तीहरुले सडकमा उत्रिएर व्यापक जनसम्बोधनहरु गरेका छन् ।
The post रङ्गभेदी आन्दोलनका कारण हट्यो ओस्कार विजेता फिल्म ‘गन विद द विण्ड’ appeared first on Sajha Post.