मुम्बई, २८ जेठ । भारतीय अभिनेता अर्जुन रामपालकी प्रेमिका ग्याब्रिएला डेमेत्रियाड्स सामाजिक सञ्जालमा सक्रिय छिन् । उनले लकडाउनको बीचमा आफ्ना प्रसंशकहरुलाई एक सुन्दर सन्देश पठाएकी छिन् । सन्देशसँगै केही तस्बिर पनि उनले शेयर गरेकी छिन् । उनको उक्त पोस्ट अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।
लकडाउन लम्बिएपछि रामपाल र ग्याब्रिएला करजतबाट मुम्बई फर्किइसकेका छन् । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेकी केही तस्बिरहरु र सन्देशको अत्यधिक प्रसंशा भएको हो ।
उनले भनेकी छिन्, ‘कुनै दिन तपाईं अघि हुनुहुन्छ, कुनै दिन तपाईं पछि, किनकी यो यात्रा एकदम लामो छ र केवल तपाईंसँगै हुनेछ । कृपया मलाई सुन्दर सन्देश र तस्बिरसहितको युवती नभन्नुहोस् । वास्तवमा कयौं कारणले यी दिनहरु मेरा सर्वोत्कृष्ट दिनहरु थिएनन् र मलाई थाहा छ हामी सबै यो अचम्मको यात्राबाट गुज्रिइरहेका छौं । यसकारण म केही किरण बाँढ्न चाहन्छु, जुन कुरा आज मैले महसुस गरेँ ।’
गैब्रिएलाले आफ्ना फलोअरहरुलाई कसैले कसैसँग तुलना गर्न नहुने पनि बताएकी छिन् ।
उनले मानिसहरुलाई शारीरिक अभ्यास गर्न सल्लाह दिएकी छिन् । ५ मिनेटका लागि मात्रै किन नहोस्, अभ्यास गर्नुहोस्, गीत गाउनुहोस्, जसबाट हल्का महसुस हुन्छ ।
The post अर्जुन रामपालकी प्रेमिकाको तस्बिर र सुन्दर सन्देश चर्चामा appeared first on Sajha Post.