Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सुटिङका लागि अनुमति पाएपछि सलमानका यी तीन फिल्म लाइनमा

$
0
0


एजेन्सी, २८ जेठ । राज्य सरकारले फिल्म शूटिङका लागि अनुमति दिए लगत्तै बलिउड अभिनेता सलमान खानले आफ्ना तीन फिल्महरु लागि मिति मिलाएका छन् । यो समय सलमानका तीनवटा फिल्महरु ‘राधे योर मोस्ट वान्टेड भाई’, ‘कभी ईद कभी दिवाली ’ र ‘गन्स अफ लाइन’ अहिले लाइनमा छन् ।

यी मध्ये ‘राधे योर मोस्ट वान्टेड भाई’ को शूटिङ लगभग पुरा भइसकेको छ । सलमानले आफ्नो तालिकामा पनि सबैभन्दा पहिले यहिँ फिल्मलाई पुरा गर्ने योजना बनाएका छन् । ‘राधे योर मोस्ट वान्टेड भाई’ फिल्म प्रभु देवाको निर्देशनमा बन्दैछ ।

यस फिल्म अब एउटा गीतको सुटिङ मात्र बाँकी रहेको एक शूत्रले बताएका छन् ।

त्यसपछि सलमानले फरहाद सामजीको निर्देशनमा बन्ने फिल्म ‘कभी ईद कभी दिवाली ’मा अभिनय गर्ने छन् ।

कोरोना कारणा लकडाउनमा बसेका सलमान खानले निर्देशक अभिराज मिनावालसँग मिलेर आफ्नो फार्म हाउसमा मराठी फिल्म ‘मुलशी पैटर्न’ को हिन्दी रिमेक ‘गन्स अफ नर्थ’ को पटकथा तयार गरिसकेका छन् ।

यो फिल्ममा सलमान खानका ज्वाई आयुष शर्मा मूख्य भूमिकामा देखा पर्दैछन् । सलमान खानले पनि यो फिल्ममा एक पन्जाबी प्रहरीको भूमिका निभाउने छन् । तर उनको भूमिका फिल्मको अन्त्यमा देखिनेछ ।

The post सुटिङका लागि अनुमति पाएपछि सलमानका यी तीन फिल्म लाइनमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles