Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

बलिउडका चर्चित संगितकार वाजिद खान रहेनन्

$
0
0

काठमाडौँ, १९ जेठ । बलिउडका चर्चित गायक तथा कम्पोजर वाजिद खानको ४३ वर्षको उमेरमा निधन भएको छ । वाजिद खान र साजिद खानको जोडीले बलिउडको संगित क्षेत्रमा ठुलै प्रतिष्ठा कमाएको थियो ।

वाजिद खानको निधनले पुरै बलिउडलाई ठुलो धक्का हानेको बताइएको छ । केही वर्षदेखि उनलाई किड्नीको समस्या रहेको थियो । उनको किड्नी ट्रान्सप्लान्ट पनि गरिएको थियो ।

तर, केही हप्ता अगाडि उनको किड्नीमा इन्फेक्सन देखिएको थियो ।

उनी मुम्बई सिटी हस्पिटलमा भर्ना भएका थिए ।

चारदिनदेखि भेन्टिलेटरमा रहेका उनको उपचारका क्रममा निधन भएको हो । उनले सलमान खानका फिल्महरु दंबग, वाण्टेड, एक था टाइगरमा काम गरेका थिए जुन फिल्मका गीतहरु आज पनि उत्तिकै हिट रहेका छन् ।

The post बलिउडका चर्चित संगितकार वाजिद खान रहेनन् appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles