Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पुजा हेगडेको इंस्टाग्राम अकाउन्ट ह्याक, सामन्थामाथि निशाना

$
0
0

एजेन्सी, १६ जेठ । साउथ इण्डियन अभिनेत्री पुजा हेगडेको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । पुजाको इन्स्टाग्राम अकाउन्ट बुधबार राति ह्याक भएको हो ।

ह्याक भएको पुजाको अकाउन्टबाट अर्की अभिनेत्री सामन्था अक्किनेनीको बारेमा लेखिएको थियो जसकारण सामन्थाका फ्यान्सहरु एकदमै आक्रोशित भएका छन् ।

त्यसलगत्तै आधिरातमा पुजाले ट्वीटरमा आफ्नो अकाउन्ट ह्याक भएको सबैमा जानकारी गराइन् । साथै आफ्नो डिजिटल टिमले अकाउन्ट रिकभर गर्न आफूलाई सहयोग गरिरहेको उनले बताइन् ।

त्यसको केही समय पछि पुनः उनले आफ्नो प्राविधिक सहयोगीहरुको सहायताबाट अकाउन्ट पुनः आफ्नो हातमा आएको जानकारी गराउँदै त्यसअघिका फल्लोअर्स तथा पोस्टहरु डिलिट गरिने बताइन् ।

अकाउन्ट ह्याकरहरुको नियन्त्रणमा रहेको समयमा उक्त अकाउन्टबाट एउटा मिम्स शेयर गरिएको थियो जसमा सामन्था अक्किनेनीलाई निशाना बनाइएको थियो ।

अहिले ट्वीटरमा सामन्थाका फ्यानहरुले एउटा अभियान चलाएका छन् । जसमा ह्यासट्याग पुजा मस्ट अपोलोगाइज सामन्था लेखिएको छ । यो पोस्ट अहिले ट्रेण्डमा छ ।

पूजा हेगडे हाउसफूल फोरमा पनि देखिएकी छिन् । उनी चाँढै नै ‘प्रवासके फिल्म जान’मा देखा पर्दैछिन् ।

The post पुजा हेगडेको इंस्टाग्राम अकाउन्ट ह्याक, सामन्थामाथि निशाना appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles