एजेन्सी । एलिना डेलिगिओज रातारात इन्टरनेटमा चर्चित बनिरहेकी छन् र उनलाई मानिसहरुले संसारकै सुन्दरी सैनिक भन्न थालेका छन् । यतिबेला उनको तस्बिर सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।
तर एलिना वास्तवमा एक युवा व्यवसायी हुन् । उनी अनलाइन स्टोरको माध्यमबाट सैनिकका हर सामानहरु बिक्री गर्छिन् । एक रुसी फोटोग्राफरले उनले आफ्नै उत्पादनको मोडलिङ गरिरहेको देखेका थिए । त्यसपछि उनले फोटोशूटका लागि एलिनालाई निमन्त्रणा दिएका थिए । र उनी राजी भइन् ।
उनका केही फोटो फ्लिकर र भ्याडिम एनिकिनमा समावेश छन् । उनको सिल्की कपाल र गोरो अनुहारले सैनिकको मात्र होइन जो कोहि मानिस पनि मोहित हुन्छन् । सैनिकले भने लामो कपाल पाल्न पाउँदैनन् ।
तस्बिर: Vadim Anikin
The post एलिनाले पाइन् संसारकै सुन्दरी सैनिकको उपमा appeared first on Sajha Post.