Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

छायांकनको क्रममा घाइते भइन् प्रियंका चोपडा

$
0
0

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो अमेरिका टिभी शो ‘क्वांटिको’ को कामको क्रममा घाइते भएकी छन् ।

घाइते भएर अस्पतालमा भर्ना भएकी प्रियंका अहिले आराम गरिरहेकी छन् । छायांकनको क्रममा प्रियंकाले एक स्टन्ट दृश्य दिइरहँदा चिप्लिएर लडेर उनको टाउकोमा चोट लागेपछि तुरुन्त अस्पताल लगिएको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

जाँचपछि उनलाई सामान्य चोट मात्रै लागेको भन्दै चिकित्सकले सामान्य उपचारपछि केही दिन आरामको लागि बिदा दिएका छन् । एक हप्ताको आरामपछि उनी पुनः शोको छायांकनमा सक्रिय रहनेछिन् ।

हालसालै उनले वूमन्स हेल्थ म्यागाजीनमा दिएको एक अन्तर्वार्तामा धेरै भन्दा धेरै स्टन्ट दिनुपरेकोले आफू स्वास्थ्यको बारेमा सचेत रहेको बताएकी थिइन् । उनले आफ्नो शोको छायांकनको क्रममा आफैं स्टन्ट दिइरहेकी थिइन् ।

The post छायांकनको क्रममा घाइते भइन् प्रियंका चोपडा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles