मुम्बई । बलिउड अभिनेता ओम पुरीको हृदयघातका कारण निधन भएको छ । पञ्जाबमा जन्मिएका पुरीको शुक्रबार निधन भएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।
हलिउडमा समेत अभिनय गरिसकेका पुरी बलिउडमा पनि राम्रै छाप छोड्न सफल भए । उनले सन् १९९३ मा नंदिता पुरीसँग विवाह गरेका थिए । पुरीको नंदितासँग सन् २०१३ मा ब्रेकअप भएको थियो । उनको इसान नाम गरेका एक छोरा छन् ।
ओम पुरीले बलिउडका अलवा ब्रिटेन र अमेरिकामा समेत फिल्मका लागि काम गरेका थिए । ओम पुरी र नसीरुद्दीन शाहले फिल्म एण्ड टेलिभिजन इन्टिच्यूट पुणेमा सँगै अध्ययन गरेका थिए ।
अर्का बलिउड अभिनेता रजा मुरादले ओम पुरी निधनमा दुख व्यक्त गरेका छन् । उनका अनुसार ओम पुरीले पछिल्लो समय एकदम मदिरा पिउन थालेका थिए । जसकारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको थियो । यतिबेला ओम पुरीको निधनले बलिउड शोकमा डुबेको छ ।
The post भारतीय अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा निधन appeared first on Sajha Post.