काठमाडौं, २२ पुस । बहुप्रतिक्षित नेपाली फिल्म ‘लुट- २’ को टिजर सार्वजनिक भएको छ ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण पक्षले ‘लुट- २’ को टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा द्धन्द्ध तथा सस्पेन्सलाई विशेष महत्व दिइएको छ ।
फिल्ममा सौगात मल्ल, दयाहाङ राई, ऋचा शर्मा, विपिन कार्की, रामेश्वर चौसिया लगाएका कलाकारले अभिनय गरेका छन् । चलचित्रको कथा, पटकथा तथा निर्देशन निश्वल बस्नेत रहेको फिल्ममा माधव वाग्ले र नरेन्द्र महर्जनले लगानी गरेका छन् ।
ट्रेलरले दर्शकलाई फिल्मप्रति कौतुहलता समेत प्रदान गरेको छ ।
फिल्मले ‘लुट’ले छाडेको कथालाई निरन्तरता दिदै सँगसँगै पछिल्लो समय जनताहरु मारमा परेको ‘भूकम्प, नाकाबन्दी, अपराधका घटनाहरुलाई पनि फिल्मले पर्दाफास गर्ने निर्देशक निश्वल बस्नेतले बताए ।
टिजर हेर्नुहोस्:
The post बहुप्रतिक्षित फिल्म ‘लुट-२’ टिजर सार्वजनिक (टिजरसहित) appeared first on Sajha Post.