Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘मिस नर्स नेपाल- २०७३’का लागि आवेदन खुल्ला

$
0
0

काठमाडौं, २१ पुस । ‘सशक्त महिला, सवल राष्ट्र’ भन्ने नारासहित स्वास्थ्य पेशासँग सम्बन्धित एकमात्र सामाजिक सौदर्य प्रतियोगिता मिस नर्सको चौँथो संस्करण ‘मिस नर्स नेपाल, २०७३’का लागि आवेदन खुलेको छ ।

आयोजक नेक्स्ट मोडल्स् नेपालले मंगलबार एक विज्ञाप्ती जारी गर्दै ‘मिस नर्स नेपाल-२०७३’का लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो । नर्सिङ पेशा रोजेका र रोज्ने प्रयासमा रहेका युवतीहरुको व्यक्तित्व विकास गरी सामाजिक कामप्रति उत्तरदायी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका सिइओ रवि धमलाले जानकारी दिए ।


नेक्स्ट मोडल्स नेपतालसँग ब्रेस्ट क्यान्सर फाउण्डेसनले संयोजन गर्न लागेको प्रतिस्पर्धामा देशभरका ४ दर्जन नर्सिङ कलेजमा अध्यनरत तथा एकसय भन्दा बढी अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहने आयोजकको दावी छ ।

प्रतिस्पर्धीहरुको प्रारम्भिक छनौट देशका विभिन्न स्थानमा ब्रेस्ट क्यान्सरबारे जनचेतना अभिवृद्धि तथा हेल्थ क्याम्पसहित हुनेछ । प्रारम्भिक चरणमा छानिएकाहरुलाई अन्तिमस्पर्धाका लागि सञ्चारकला, विकास मोटिभेशन, लिडरसिप, डेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका प्रशिक्षण दिइने कार्यक्रम संयोजक यतना पाण्डेले बताइन् ।

विजेताले नगद १ लाखको साथमा नेप्कम्स स्टडिजबाट फर्दर अष्ट्रेलिया अध्यायनका लागि छात्रावृत्तिका साथै नेपाल ब्रेष्ट क्यान्सर फाउन्डेशनको गुडबिल एम्बेसडर बन्ने अवासर प्राप्त गर्नेछन् । आवेदन फारम नेक्स्ट मोडल्स् नेपालको अनामनगरस्थित कार्यलय (फोन नम्बर ०१४२५३२७२) तथा नेक्सट् मोडल डटकममा उपलब्ध बताइएको छ ।

The post ‘मिस नर्स नेपाल- २०७३’ का लागि आवेदन खुल्ला appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles